नीलकण्ठ नगर सभापतिमा शम्भुराज सिंह ठकुरी र ध्रुर्व रिजाल बीच कडा प्रतिस्पर्धा,कस्को सम्भावना कति ?

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत नीलकण्ठ नगर सभापतिको लागि शम्भुराज सिंह ठकुरी र ध्रुर्वप्रसाद रिजालबीच कडा प्रतिस्पर्धा हुने देखीएको छ।अन्य स्थानिय तहका अधिवेशन भन्दा नीलकण्ठ नगरपालिकाको निर्वाचनलाई नेपाली काँग्रेसले आफ्नो प्रतिस्ठासँग हेर्ने गरेको छ ।नगर प्रमुख भिम प्रसाद ढुंगाना र पुर्व काँग्रेस सभापति रामनाथ अधिकारी पक्षका बेग्ला बेग्लै प्यानलनै बनाएर निर्वाचनमा होमिएपछि नीलकण्ठको अधिवेशनलाई महत्वको साथ हेरिएको छ।

जिल्लाको सदरमुकाम भएको र दुवै नेता नगरपालिकाको स्थाई बासिन्दा भएको कारणले पनि नीलकण्ठको निर्वाचन दुवै नेताको प्रतिष्ठाको लडाईसँग जोडिएको छ ।नीलकण्ठ नगरपालिकाको सभापतिमा शम्भुराज सिंह ठकुरी र ध्रुर्व रिजाल बीच कडा प्रतिस्पर्धा हुने देखीएको छ। नेपाली काँग्रेसको राजनीतिसँगै सामाजिक कार्यमा क्रियाशिल ठकुरी र शिक्षक युनियनको नेतृत्व सम्हालिसकेका रिजाल बीच कडा प्रतिस्पर्धा हुने काँग्रेस स्रोतले बताएको छ।

युवाहरु माझ लोकप्रिय भएका ठकुरीले विभिन्न संघ संस्थाको नेतृत्व सम्हालेर नगरको विकासमा टेवा पु¥याएको कारण ठकुरी पक्ष बलियो बनेको काँग्रेसका एक नेताले दावी गरेका छन्। नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाको पुर्ण सहयोग र साथ पाएको कारणलेनै ठकुरी पक्ष बलियो रहेको छ ।विस २०४२ सालदेखी विद्यार्थी राजनीतिबाट संक्रिय ठकुरी साविकको नीलकण्ठ गाविसको सभापति समेत भईसक्नुभएको छ।

ठकुरी हिमालय हेल्थ केयरको जिल्ला संयोजक,सर्भिस फर पिसको केन्द्रिय सदस्य,धादिङ समाजको संस्थापक अध्यक्ष लगायत दर्जन भन्दा बढी संघ संस्था र वित्तिय संस्थाहरुमा आवद्ध रहनुभएको छ।ठकुरीको नेतृत्वमा नीलकण्ठ नगरपालिकामा खानेपानी,स्वास्थ्य,शिक्षा लगायतको क्षेत्रमा काम भईरहेको छ। नीलकण्ठ नगरको विकास र नीलकण्ठमा काँग्रेस बलियो बनाउनको लागि पनि आफुको जित अनिवार्य रहेको ठकुरीले बताउनुभएको छ।ठकुरीले भुकम्प होस वा अन्य विपत्ती सो समयमा नीलकण्ठमा ठुलो सहयोग गर्नुभएको छ ।अहिले पनि उहाँकै संस्था सर्भिस फर पिस संस्था मार्फत  नगरपालिका भित्रका ६ वटा ठुला खानेपानीको काम भईरहेको छ ।

विकास र शुसासनको लागि आफुलाई जिताउन ठकुरीले सबै मतदाताहरुलाई आग्रह गर्नुभएको छ । यसैगरी रामनाथ पक्षबाट नगरसभापतिमा उठ्नु भएका ध्रुर्व रिजाल काँग्रेसका पाका नेतामा पर्नुहुन्छ। शिक्षकबाट राजीनामा दिएर राजनीतिमा आउनु भएका रिजाललाई पनि बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको छ।२०४२ सालबाट काँग्रेसको राजनीतिमा होमिनुभएका रिजालले विस २०४७ सालमा काँग्रेसको सदस्यता लिनुभएको थियो ।

विस २०५७ देखी विस २०५८ सम्म नेपाल शिक्षक संघको सदस्य,विस २०६५ देखी विस २०७० सम्म नेपाल शिक्षक युनियन धादिङको अध्यक्ष,२०६१ सालमा ट्रेड युनियन काँग्रेस धादिङको जिल्ला सचिव,सोहि समयमा नेपाल शिक्षक संघको जिल्ला कार्य समिति सदस्य,शिक्षक युनियन,शिक्षक सहासंघ र ट्रेड युनियन काँग्रेसको केन्द्रिय प्रतिनिधि समेत भईसक्नुभएको छ ।

काँग्रेसमा आफ्नो धेरै योगदान भएको कारणले पनि आफ्नो जित निश्चित भएको रिजालले दावी गर्नुभएको छ।शिक्षकबाट राजनीतिमा आउनुभएका रिजाल शिक्षकमाझ भने परिचित हुनुहुन्छ। धादिङको शिक्षक आन्दोलन र शैक्षिक विकासमा रिजालको महत्वपुर्ण योगदान रहेको भएपनि जनतामाझ नभिजेको कारण निर्वाचनमा आफुअनुकुल नतिजा नआउनेहोकी भन्ने रिजाललाई डर रहेको एक सदस्यले दावी गरेका छन्।३८ बर्ष काँग्रेसको राजनीतिमा आफु संक्रिय भएको भन्दै रिजालले आफुलाई सहयोग गर्नको लागि सबैलाई अनुरोध गर्नुभएको छ ।नीलकण्ठ नगरपालिकामा ४ सय ८८ जना प्रतिनिधि छन्। जसमा १ सय ७८ जना महिला र ३ सय १० जना पुरुष रहेका छन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्