धादिङको मार्पाकमा असोज २० देखि खुल्ला फुटबल प्रतियोगिता हुने

धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउपालिका वडा नं २ स्थित मार्पाक पोखरामा असोज २० गते देखि खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ। नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा सुकेल छार युवा क्लवले फुटबल प्रतियोगिता गर्न लागेको हो।

प्रतियोगिताका लागि असोज १५ गते देखि २० गतेसम्म टीम दर्ता गर्न सकिने प्रतियोगिता संयोजक राजु तामाङले जानकारी दिनुभयो।उक्त प्रतियोगिताको बिजेताले नगद रु ५० हजार पाँच रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् भने उपबिजेताले नगद रु ३० हजार तिन रुपैया सहित मेडल र प्रमाणपत्र पाउने छन्।

यस्तै सेमिफाईनलबाट बाहिरिने २ टिमले नगद रु १०र१० हजार र प्रमाणपत्र साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले ट्रफि र मेडल पाउने आयोजकले बताएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्