आमुल परिवर्तन मसिहा पार्टी नेपाल धादिङको अध्यक्षमा चेरोङ तामाङ

धादिङबेशी,०९ असोज। आमुल परिवर्तन मसिहा पार्टी नेपाल धादिङको अध्यक्षमा चेरोङ तामाङ चयन भएका छन् । आज भएको जिल्ला स्तरिय भेला बाट तामाङ सर्वसहमत अध्यक्षमा चयन भएका हुन।

धादिङको दामगाडेमा भएको भेलाले तामाङको अध्यक्षतामा १६ सदस्यितामा जिल्ला समिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रताप मगर, सचिवमा गोपाल तामाङ, कोषाध्यक्षमा यम बहादुर मगर चयन भएका हुन।

आमुल परिवर्तन मसिहा पार्टी नेपालका केन्दिय सचिब यम बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रामचन्द्र सुबेदीको बिशेष आतिथ्यता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्