काँग्रेसले टुंग्यायो ५ जिल्लाको क्रियाशील सदस्यता विवाद

नेपाली काँग्रेसले ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । शनिबार ५ जिल्लाको क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई प्राप्त भएको छ । महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता सूची प्राप्त गरेको निर्वाचन समितिले बताएको छ ।

बाँकी सात जिल्लामध्ये तीन जिल्लाको सदस्य विवाद पनि टुंगिएको छ । तर निर्वाचन समितिलाई सदस्यको सूची आइपुगेको छैन । निर्वाचन समितिले क्रियाशील सदस्यताको सूची नपाएका जिल्लामा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, रसुवा र कैलालीमा रहेको छन् । पाँच जिल्लामा भोलि नै निर्वाचन अधिकृत खटाइने निर्वाचन समितिले बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्