छैटौ एनभिए भलिबल च्याम्पियनसिपमा हेल्प नेपाल, गल्कोट, गण्डकी, पुलिस, नयाँबजार र ढोरपाटनको जित

काठमाडौं : छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तरगत पुरुषतर्फका आज सम्पन्न ६ खेलहरुमा क्रमश हेल्प नेपाल, गल्कोट, गण्डकी, पुलिस, नयाँबजार र ढोरपाटनले जित निकालेका छन् ।

प्रतियोगिताको दोस्रो दिन पहिलो खेलमा हेल्प नेपाल स्पोर्टस क्लबले बाग्मती प्रदेशलाई ३-० ले पराजित गर्यो भने दोस्रो खेलमा गल्कोट स्पोर्टस क्लबले नं।२ प्रदेशलाई ३-० ले पराजित गर्यो ।

त्यसैगरि आजको तेस्रो खेलमा गण्डकी प्रदेशले दवाली मिलन क्लबलाई ३-१ ले पराजित गर्यो भने
आजको चौथो खेलमा नेपाल पुलिस क्लबले मणि मुकुन्द भलिबल क्लबलाई ३-० ले पराजित गर्यो ।

आजै सम्पन्न पाचौ खेलमा नयाँबजार सामाजिक युवा क्लबले कर्णाली प्रदेशलाई ३-० ले पराजित गर्यो त्यस्तै आजको अन्तिम खेलमा ढोरपाटन स्पोर्टस् क्लबले बुढानिलकण्ठ भलिबल क्लबलाई ३-० ले पराजित गर्यो ।

नेपाल भलिबल संघ (एनभिए) ले आयोजना गरेको प्रतियोगिता असोज १० गते देखि १६ गते सम्म संचालन हुनेछ भने प्रतियोगितामा पुरुषतर्फका १४ टिम र महिलातर्फ ६ टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले रु ४ लाख र उपविजेताले रु २ लाख पाउने छन् भने तेस्रो हुने क्लबले रु १ लाख प्राप्त गर्नेछ ।

त्यस्तै सर्वोत्कृष्ट १ जना खेलाडीले रु २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुले रु १०-१० हजार पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्