जिल्ला स्तरिय द्धितीय फोटो प्रतियोगिता सम्पन्न,उत्कृष्ट पाँच फोटो पुरस्कृत

फोटो पत्रकार संघ धादिङको आयोजनामा धादिङमा जिल्ला स्तरिय द्धितीय फोटो प्रतियोगिता तथा फोटो प्रर्दशनी कार्यक्रम सम्पन्न भएको छ ।नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाको सहयोगमा सम्पन्न भएको फोटो प्रतियोगितामा उत्कृष्ट पाँच जनालाई पुरस्कृत गरीएको छ।

जिल्ला स्तरीय ’खुल्ला फोटो प्रतियोगिता २०७८’ मा ५ ओटा फोटो पुरस्कृत भएका छन् ।प्रतियोगिताको ५ बिधामा फोटो पुरस्कृत गरिएको हो।दैनिक जनजीवन बिधामा सुशील श्रेष्ठ, पर्यटन बिधामा लाला गुरुङ,महिला तथा बालबालिका सागर बस्नेत, कला धर्म र सस्कृती बिधामा अर्जुन श्रेष्ठ र आर्थिक बिधामा पुजा थापाले खिचेको फोटो उत्कृष्ट भएको छ ।

उत्कृष्ट फोटो खिच्ने पाँच जनालाई नगद २० हजार पुरस्कारसहित ट्रफी र सम्मानपत्र प्रदान गरिएको छ ।प्रतियोगितामा एक सय ४७ ओटा फोटो सहभागी थिए ।प्रतियोगी फोटो मध्य ५ वटै बिधामा उत्कृष्ट पाँचभित्र परेका फोटो खिच्ने फोटोग्राफरहरुलाई पनि सम्मान गरिएको थियो।प्रतियोगितामा धादिङ जिल्ला भित्र खिचिएका फोटोहरुलाई समाबेश गरिएको थियो। फोटो पत्रकार संघ धादिङका अध्यक्ष मनिष दुवाडीको अध्यक्षतामा सम्पन्न भएको प्रतियोेगितामा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्