नेकपा एमालेकाे नेत्रावती डबजाेङ्ग – काठमाण्डाै सम्पर्क मन्च गठन

काठमाडाै । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले नेत्रावती डबजोङ-काठमाण्डौ सम्पर्क मन्च गठन गरेकाे छ । छ्हाे राेल्पा पार्टी प्यालेस, काठमाडाैमा सम्पन्न बृहत कार्यकर्ता भेलाले हरि कुमार श्रेष्ठको नेतृत्वमा २३ सदस्यिय नेत्रावती डबजोङ – काठमाण्डौ सम्पर्क मन्च गठन गरेकाे हाे ।

कार्यक्रममा प्रतिनिधि सभाका संसद मा. खेम लाेहनीकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा प्रतिनिधि सभाका संसद मा.भुमि त्रिपाठी र प्रदेश सभा सदस्य मा. डा. रामकुमार अधिकारीकाे विशेष आतिथ्यता रहेकाे थियाे । कार्यक्रम नेकपा (एमाले) नेत्रावती डबजोङ गाउँपालिका कमिटी अध्यक्ष क. सुवर्ण रिमालकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे भने उक्त कार्यक्रममा नेत्रावती डबजाेङ्ग गाउँपालिकाका अध्यक्ष क. दुर्ग कुमार शाक्य, नेकपा (एमाले) धादिङ – काठमाण्डाै सम्पर्क मञ्चका अध्यक्ष क.श्रीकृष्ण अर्याल, ठमेल पर्यटन परिषदका महासचिव क.ध्रुब अधिकारी लगायत स्थानीय नेता तथा कमरेडहरुको उपस्थिति थियाे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्