दसैं–तिहारमा होण्डाको नयाँ योजना

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दसैं तथा तिहार स्किम ‘होण्डाको साथ ७’ ग्राहकसकक्ष ल्याएको छ ।
सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने एक जनालाई एक लाख रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ ।
यस योजनाको समय अविधिभर होण्डाका ग्राहकले स्क्रयच कुपनमार्फत हात खाली नजाने गरी एक लाखसम्म नगद उपहार प्राप्त गर्ने पनि बताइएको छ । यसका साथै यस योजनाअन्तर्गत ग्राहकले, ७ वर्षका लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्नेछन् ।
यस्तै होण्डा बिग बाइकको खरिदमा ४० हजार रुपैयाँसम्मको क्यास ब्याक पाउन सक्ने कम्पनीले जनाएको छ । यतिमात्र नभई यो योजनामा एक रुपैयाँको डाउन पेमेन्ट, एक रुपैयाँको इएमआई र एक प्रतिशत ब्याजदरमा समेत होण्डा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
बम्परमा सहभागी एक जना भाग्यसाली ग्राहकले १५ लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्ने छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्