च्याम्पियन्स लिगमा पीएसजीले सिटीलाई हरायो, मेस्सीले गरे पहिलो गोल

काठमाडौं– च्याम्पियन्स लिग इतिहासमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले इंग्लिस क्लब पीएसजीलाई पहिलो पटक हराएको छ।

पीएसजीको रंगशालामा मंगलबार राति सम्पन्न खेलमा पीएसजीले सिटीविरुद्ध २–० गोलको जित निकालेको हो।

पीएसजीको जितका लागि अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले पनि गोल गरेका छन्। उनले खेलको ७४औं मिनेटमा केलियन एम्बाप्पेले दिएको पासको सदुपयोग गर्दै गोल गरेका हुन्।

त्यसअघि खेलको पहिलो आठ मिनेटमै पीएसजीका इड्रिसा गुएउले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए। यता खेल अवधिभर ५४ प्रतिशत बलमा नियन्त्रण बनाए पनि सिटीले गोल गर्न भने सकेन्।

सिटीले विपक्षीको पोस्टतर्फ १८ प्रहार गरे पनि उसका कुनै प्रयास सफल रहेनन्।

यससँगै सिटीले विदेशी भूमिमा भएका अवे खेलमा जितको शृंखला तोडेको छ। उसले पछिल्ला १० अवे खेलमा हार बेहोरेको थिएन्। उसले २०१७ यता विदेशमा भएको अवे खेल हारेको थिएन्।

पीएसजीसँगको कुरा गर्दा पनि, उसले अहिलेसम्म इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराउन सकेको छैन।

पछिल्लो पाँच भेटमा पीएसजीले तीन हार बेहोरेको छ भने दुई खेल बराबरी भएका छन्। उसले यसअघि युभेन्टससँग मात्र सिटीभन्दा धेरै (आठ पटक) जितविहीन यात्रा गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्