धादिङका ६ ठाउँमा यात्रु सहायता कक्ष स्थापना

धादिङ, १३ असोज।धादिङमा दसैँ, तिहारलाई लक्षित गर्दै प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ।जिल्ला प्रहरी कार्यालय धादिङले जिल्लाका ६ स्थानमा यात्रु/नागरिक सहायता कक्ष स्थापना गरेको हो।

बडादशै‚ दिपावली तथा छठ पर्वमा हुने यात्रुको चाप,सवारी साधन चाप बढ्दै जाने हुँदा बजार क्षेत्रका टिकट काउन्टरमा हुने भिडभाड‚ बढी भाडा लिने‚ यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न र नागरिकको पिरमर्काको तत्काल सुनुवाई गरी समस्या समाधान गर्ने उद्धेश्यले यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीले  निलकण्ठ नगरपालिका–३ स्थित पुछारबजार‚ वेनिघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटार, गजुरी गाउँपालिका–१ स्थित गजुरी वजार, गल्छी गाउँपालिका–७ स्थित गल्छिचोक, धुनिवेसी नगरपालिका–८ स्थित खानिखोला र थाक्रे गाउँपालिका– ६ स्थित महादेववेशीमा यात्रु/नागरिक सहायता कक्ष स्थापना गरेको छ।

सम्पर्कको लागी

  • निलकण्ठ न.पाؘ–३ पुछारबजार‚सम्पर्क नं.१००/०१०–५२०१९९‚ ९८५१२८३४८० 
  • वेनिघाट रोराङ गा.पा–९ मझिमटार‚सम्पर्क नं. ०१०‚६९०२८७‚ ९८५१२९६९०२/९८४१३५८९६४
  • गजुरी गा.पा–१ गजुरी वजार‚सम्पर्क नं. ९८५१२८६१००
  • गल्छी गा.पा–७ गल्छिचोक‚सम्पर्क नं. ९८५१२९६९०५
  • धुनिवेसी न.पा–८ खानिखोला‚सम्पर्क नं. ९८५१२८२९११
  • थाक्रे गा.पा–६ महादेववेशी‚सम्पर्क नं.९८५११९१४८१

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्