धादिङमा कोरोना कारण एक पुरुषको मृत्यु

धादिङमा कोरोना संक्रमणका कारण पुरुषको मृत्यु भएको छ ।नीलकण्ठ नगरपालिकाका ९८ बर्षीय पुरुषको आज मृत्यु भएको  स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। यो सँगै जिल्लामा संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ८० पुगेको छ।

यस्तै आज जिल्लाभर १६ एण्टिजेन परिक्षण मध्ये गंगाजमुनामा १ पोजिटिभ आएको छ।मंगलबार ४ संक्रमित थपिएका थिए।हालसम्म जिल्लामा संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय २२ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ हजार ९४५ रहेको छ।

जिल्लामा हाल सक्रिय संक्रमित ३१ पुगेको छ ।संक्रमित मध्ये धादिङ अस्पतालको आइसोलेसनमा ३ जना र होम आइसोलेसनमा २८ जना रहेका छन्।गजुरीमा आज ७ स्वाब संकलन भएको छ। हाल जिल्लाका १२ जनाको पीसिआर नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्