बालुवाटारमा ‘सर्वदलीय’ बैठक सुरु, एमाले अनुपस्थित

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ। देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान १० बजेका लागि आह्वान गरेको बैठक केही ढिला गरि सुरु भएको हो। 

संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको भएपनि प्रमुख प्रतिक्ष नेकपा एमाले भने बैठकमा अनुपस्थित भएको छ। 

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादु देउवा, काननुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाल सहभागी छन्।

त्यस्तै जनता समाजवादी पार्टी(जसपा) नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवाल सहभागी छन्। 

बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाउने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्