आज पनि घट्याे सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

gold

काठमाडौं । आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला प्रतितोला २ सयले घटेर ८८ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोला ८८ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार २५०  रहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला ११२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।   

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्