बजाजको दशैं अभियान ‘बजाज खुशीको ३ डोज’, मोटरसाइकल किन्दा १० लाखसम्म बम्पर उपहार

काठमाडौँ /  दशैं चाडको विशेष अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘बजाज खुसी को ३ डोज’योजना सार्वजनिक गरेको छ ।

बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरू ल्याउदै आइरहेको छ । र, कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरू माझ खुसी बाड्न आवश्यकता अनुरुपका योजनाहरू ल्याएको छ । 

दशैं चाडको यो महत्वपूर्ण समयमा, बजाजले उपभोक्ताहरूलाई आफ्नो विशेषाधिकारको आनन्द उठाउने, खुसीका साथ उत्सव मनाउने र ग्राहहरुको सुरक्षाको ग्यारेन्टीको समेत सुनिश्चित गर्दछ ।

बजाजले सधैं विभिन्न पहल र अफरहरुका साथ ग्राहकहरुलाई समावेशगर्दै आइरहेको छ । यो दशैं चाडको अवसरमा बजाजले बजारमा ‘बजाज खुसी को ३ डोज’अभियान ल्याएको हो । ग्राहकहरूले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नु भन्दा पहिले, किन्ने बखत्मा र किनि सकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन् । 

ग्राहकहरूले बाइक किन्नुभन्दा पहिले रु.१० हजारसम्मको अग्रिम नगद प्राप्त गर्न सक्नेछन् । त्यस बाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीदको दौरानमा रु एक लाखसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् र बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि रु १० लाखको नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।

सो योजना सार्वजनिक गर्दै हंसराज हुलास चन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको छ । बजाजले दशैं महोत्सवको अवसरमा उपभोक्ताहरुलाई दोहोरो खुशी दिने प्रयास गर्ने उद्देश्यले ‘बजाज खुसी को ३ डोज’अभियान प्रस्तुत गरेको हो, किनकि बजाज आफ्नो ग्राहकहरुलाई सधैँ समयको आवश्यकता अनुसार रोचक र उपयोगी अफरहरुदिनको लागी समर्पित रहेको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस अफरबाट निकै खुसी हुनेछन् ।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्