आजभोलि नै मन्त्रालयको टुंगो लाग्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आजभोलि नै सत्तारूढ गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुंगिने बताएका  छन् ।

बिहीबार काठमाडौंमा आयोजित सहिद प्रतिष्ठान नेपालको कार्यक्रममा उनले भागबन्डा छिट्टै टुंगो लाग्ने बताएका हुन् ।

“हामी गठबन्धन सरकारमा छौँ । अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालय हामीले लिएका छौं । अरू केही मन्त्रालय छिट्टै सम्भवतः आजभोलि नै टुंगिँदै छ,” उनले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्