छैटौ एनभिए भलिबल च्याम्पियनसिपमा महिला तथा पुरुष सेमिफाईनल खेलहरु भोली हुने

काठमाडौं: छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तरगत महिला तर्फका समूह चरणका अन्तिम खेलहरु आज सम्पन्न भएका छन् भने पुरुषतर्फ क्वाटरफाईनलका खेलहरु पनि आज सम्पन्न भएको छ ।

महिला तर्फको पहिलो खेलमा शशस्त्र प्रहरीले नेपाल प्रहरीलाई ३-१ ले पराजित गर्यो भने दोस्रो खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३-० ले पराजित गर्यो यी खेलहरु सम्पन्न भए संगै शशस्त्र प्रहरी र नेपाल प्रहरी तथा न्यु डायमण्ड र त्रिभुवन आर्मी सेमिफाईनल प्रबेश गरेका छन् ।
ढोरपाटन स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब समूह चरणबाट बाहिरिएका छन् ।

सेमिफाईनलमा भोली शशस्त्र प्रहरी र त्रिभुवन आर्मी बिहान १० बजे साथै नेपाल प्रहरी र न्यु डायमण्ड मध्यान्ह १२ बजे भिड्नेछन् ।

पुरुषतर्फ आज सम्पन्न क्वाटरफाईनलका खेलहरुमा टिपटप हेल्प नेपालले नयाबजार सामाजिक युवा क्लबलाई ३-० ले, नेपाल प्रहरीले ढोरपाटनलाई ३-० ले, त्रिभुवन आर्मीले गल्कोटलाई ३-१ ले र शशस्त्र प्रहरीले गण्डकीलाई ३-१ ले पराजित गर्यो ।

भोली हुने पुरुषतर्फका सेमिफाईनल खेलहरुमा टिपटप हेल्प नेपालसंग नेपाल प्रहरी दिउसो २:३० बजे र त्रिभुवन आर्मीसंग शशस्त्र प्रहरी बेलुका ४:३० बजे खेल्नेछन् ।

नेपाल भलिबल संघ (एनभिए) ले आयोजना गरेको प्रतियोगिता असोज १० गते शुरु भएर १६ गते फाईनल हुनेछ भने प्रतियोगितामा पुरुषतर्फका १४ टिम र महिलातर्फ ६ टिम सहभागी थिए ।

प्रतियोगिताको विजेताले रु ४ लाख र उपविजेताले रु २ लाख पाउने छन् भने तेस्रो हुने क्लबले रु १ लाख प्राप्त गर्नेछ ।

त्यस्तै सर्वोत्कृष्ट १ जना खेलाडीले रु २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुले रु १०/१० हजार पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्