सामी परियोजनाका कर्मचारीको लागि क्षमताअभिबृद्धी तालिम धादिङबेसीमा सुरु

सुरक्षित आप्रवासन सामि परियोजनाका कर्मचारीहरुको लागि आयोजित दुई दिने क्षमता अभिवृद्धी सम्बन्धी तालिम धादिङबेसीमा सुरु भएको छ।बैदेशिक रोजगारलाई सुरक्षित,भरपर्दो र लाभदायी बनाउने उदेश्यले सन्चालन भएको  सामी परियोजनाका कर्मचारीहरुको लागि आयोजना गरीको तालिममा धादिङका चार वटा स्थानिय तहका २४ जना कर्मचारीको सहभागिता रहेको सामी परियोजनाका लेखा तथा प्रशासन अधिकृत सम्झना भण्डारीले जानकारी दिनुभयो।

नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अनुसार सुरक्षित आप्रवासन परियोजना नेपालमा सन २०११ देखी संचालनमा आइरहेको छ।नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको यो परियोजना  धादिङको नीलकण्ठ नगरपालिका,धुनिवेशनी नगरपालिका,थाक्रे गाउँपालिका र गंगाजमुना गाउँपालिमा सन्चालनमा रहेको छ।परियोजनाले विभिन्न पाँच वटा क्षेत्रमा काम गर्दै आईरहेको छ।बैदेशिक रोजगारीमा जानेहरुलाई सहि सुचना प्रदान गर्ने,निशुल्क सिप सिकाउने वा सिफारीस गर्ने,न्यायमा पहँुच बढाउने,बैदेशिक रोजगारीको कारण उत्पन्न भएको मनोसामाजिक समस्यालाई  कम गर्न मनोपरामर्श  सेवा प्रदान गर्ने र विदेशबाट भित्रिएको रेमिट्यान्सलाई कसरी सहि सदुपयोग गर्ने भनेर वित्तीय साक्षरता र मनोपरामर्श कक्षा सन्चालन गर्दै आईरहको छ।

No description available.

भोलि सम्म सन्चालन हुने तालिमको पहिलो दिन आज धादिङका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व प्रसाद सापकोटाले सुरक्षित बैदेशिक रोजगारको लागि जिल्ला प्रशासन कार्यालय धादिङको भुमिका तथा कानुनी प्रावधानको विषयमा सहजिकरण गर्नुभएको थियो। यसैगरी सामी परियोजनाका बागमती प्रदेशका संयोजक तरुणकान्त अधिकारीले सामी परियोजनाको आगामी रणनीति तथा परियोजनाको उदेश्यको बारेमा जानकारी गराउनुभएको थियो।यसैगरी जिल्ला प्रहरी कार्यालय धादिङका ईनिस्पेक्टर रञ्जन अवाले बैदेशिक रोजगारमा देखीएको समस्यालाई समाधान गर्न प्रहरीको भुमिका लगायतको विषयमा जानकारी गराउनुभएको थियो।कार्यक्रममा सामि परियोजनाका कार्यक्रम अधिकृत कमल बहादुर रोकाय, सामी परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडी र मनोसामाजिक परामर्शको बागमती प्रदेश सुपरभाईजर विष्णु वाईबाले विषयबस्तु माथि सहजिकरण गर्नुभएको थियो ।तालिम भोली सम्म सन्चालन हुनेछ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्