कांग्रेसको नीलकण्ठ नगर सभापतिमा शम्भुराज सिंह ठकुरी बिजयी


नेपाली कांग्रेसको नीलकण्ठ नगरपालिकाका सभापतिमा शम्भुराज सिंह ठकुरी  निर्वाचित हुनु भएको छ। हिजो भएको निर्वाचनमा ठकुरीले प्रतिष्पर्धी ध्रुर्व प्रसाद रिजाललाई ३३ मतान्तरले हराउदै विजयी हुनभएको हो।

ठकुरीले २५४मत पाएका थिए भने रिजालले २२० मत पाउनुभएको थियो। नगरपालिकामा १ सय ७८ जना महिला र ३ सय १० जना पुरुष गरी ४ सय ८८ जना प्रतिनिधि रहेकोमा निर्वाचनमा ४ सय ८६ मत खसेको थियो। ठकुरी प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका दिलमान पाख्रिन,भिम प्रसाद ढुङ्गाना समुहका उम्मेदवार हुन भने रिजाल रामचन्द्र पौडेल पक्षका रामनाथ अधिकारी,रमेश धमाला पक्षबाट रहनुभएको थियो।

यस्तै उपसभापतिमा ठकुरी प्यानलका चित्रकुमारी भण्डारी र शम्भु मल्ल ठकुरी विजयी भएका छन् । सचिवमा रिजाल प्यानलबाट इश्वर अर्याल र राम आले मगर विजयी भएका छन् ।सहसचिवमा ठकुरी प्यानलका तुलसी तिमल्सिना र देवकी आचार्य विजयी भएका छन् । 

आन्तरिक विवादको कारण असोज ९ गते विशेष कारणबस नीलकण्ठ नगरपालिकाको अधिवेशन स्थगित भएको थियो।नेपाली काँग्रेस केन्द्रिय निर्वाचन समितिले काँग्रेस धादिङलाई एक पत्र पठाउदै बाँकि रहेको स्थानिय तहको अधिवेशन असोज १७ अगावै गर्न अनुरोध गरेसँगै रोकीएको अधिवेशन हिजो सम्पन्न भएको हो।

जिल्लाको अन्य स्थानिय तहका अधिवेशन भन्दा नीलकण्ठ नगरपालिकाको निर्वाचनलाई नेपाली काँग्रेसले आफ्नो प्रतिष्ठासँग हेरिएको थियो।नगर प्रमुख भिम प्रसाद ढुंगाना र पुर्व काँग्रेस सभापति रामनाथ अधिकारी पक्षका बेग्ला बेग्लै प्यानलनै बनाएर निर्वाचनमा होमिएपछि नीलकण्ठको अधिवेशनलाई महत्वको साथ हेरिएको थियो।

गत शनिबार भएको गाउँ÷नगर अधिवेशनमा जिल्लाको १३ स्थानिय तहमध्ये ११ वटा स्थानिय तहहरुमा सभापतीको टुङ्गो लागेको थियो।सिद्धलेक र गंगाजमुना गाउँपालिकामा भने निर्वाचन प्रक्रियाबाट सभापतीको टुङ्गो लागेको काँग्रेस धादिङले जनाएको छ।

को हुन ? शम्भुराज सिंह ठकुरी

विस २०४२ सालदेखी विद्यार्थी राजनीतिबाट संक्रिय शम्भुराज सिंह ठकुरी साविकको नीलकण्ठ गाविसको सभापति समेत भईसक्नुभएको छ। ठकुरी हिमालय हेल्थ केयरको जिल्ला संयोजक,सर्भिस फर पिसको केन्द्रिय सदस्य,धादिङ समाजको संस्थापक अध्यक्ष लगायत दर्जन भन्दा बढी संघ संस्था र वित्तिय संस्थाहरुमा आवद्ध रहनुभएको छ।

ठकुरीको नेतृत्वमा नीलकण्ठ नगरपालिकामा खानेपानी,स्वास्थ्य,शिक्षा लगायतको क्षेत्रमा काम भईरहेको छ। ठकुरीले भुकम्प होस वा अन्य विपत्ती सो समयमा नीलकण्ठमा ठुलो सहयोग गर्नुभएको छ ।अहिले पनि उहाँकै संस्था सर्भिस फर पिस संस्था मार्फत नगरपालिका भित्रका ६ वटा ठुला खानेपानीको काम भईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्