नेत्रावती डबजोङ्ग गाउपालिकामा अखिल नेपाल शिक्षक संङ्गठनको सम्मेलन सम्पन

धादिङ्ग : नेकपा माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संङ्गठन नेत्रावती डबजोङ्ग गापालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ ।

No description available.

उक्त सम्मेलनले बिनिता तामाङको अध्यक्षतामा १७ सदस्यिय गाउपालिका कमिटी निर्माण गरेको छ ।

निमार्चोक आधारभूत बिद्यालयका प्र.अ. युवराज पन्तको सभापतित्वमा सुरु भएको सम्मेलनमा एकीकृत अखिल नेपाल शिक्षक सँगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी, बिशेष अतिथि निरञ्जना माध्यमिक बिद्यालयका पूर्व प्र.अ. केशरी प्रसाद पन्त, नेकपा माओवादी केन्द्र नेत्रावती सचिवालय सदस्य एवम् नेपाल आदिवासी जनजाती महासंघ बागमती प्रदेश मुख्य सचिव गोपाल बहादुर गुरूङ, नेकपा माओवादी सचिवालय सदस्य तथा TAAN का केन्द्रीय सदस्य ठाकुर प्रसाद सापकोटा, नेकपा माओवादी केन्द्र नेत्रावती डबजोङका पार्टी अध्यक्ष प्रेम बहादुर तामाङ लगायतको उपस्थति थियो ।

No description available.

कार्यक्रम नेत्रावती डबजोङ्ग गाउपालिका वडा नं.१ स्थित निरञ्जना मा.बि.मार्पाकको प्रांगणमा सम्पन्न भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्