आगामी निर्वाचन सम्म गठनबन्धन कायम रहन्छ: डा.बाबुराम भट्टराई

जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान गठबन्धन आगामी निर्वाचन सम्म कायम रहने बताउनु भएको छ।जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धी रक्षाको लागि ठुलो संघर्ष गर्नु परेको भन्दै उहाँले बल्ल संविधान र व्यावस्था लिकमा आएको बताउनु भएको छ ।

महिनाको एक पटक निर्वाचन क्षेत्र गोरखा जाने क्रममा धादिङबेसीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सन्की शासकका कारण पटक पटक नेपालले दुख पाउने गरेको बताउनुभयो। अर्को एक प्रश्नमा डा.बाबुराम भट्टराईले पुर्व माओवादी एक हुने भन्दा पनि नयाँ अग्रगामी शक्ति बिच समाजवादी शक्ति निमार्ण गर्ने लक्ष्य रहेको बताउनुभयो।

पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गलत कामलाई सुधार गर्नको लागि समय लागेको भन्दै उहाँले त्यसको कारण सरकार गठनमा ढिला भएको दावी गर्नुभयो।बर्तमान सरकारले आगामी निर्वाचन गर्ने भन्दै भट्टराईले अनुकुलता हेरेर यो सरकारले आगामी निर्वाचनहरु सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्