धादिङमा सिड्सद्धारा राजमार्गका होटलमा अनुगमन,बालश्रम नभएका होटलहरुमा स्टीकर टाँस

चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज(सिड्स)नेपालले थाक्रे गाउँपालिका अन्र्तगत पृथ्वी राजमार्गका होटलहरुमा अनुगमन गरेको छ। सिड्स द्धारा युनाईटेड मिसन टु नेपाल धादिङको साझेदारीमा सञ्चालित जोखिममा रहेका बालबालिकालाई सुरक्षा (SVC)  परियोजना अन्तरगत थाक्रे स्थित पृथ्वी राजमार्गमा रहेका होटलहरु अनुगमन गरी बालश्रम नभएका होटलहरुमा “बालबालिकालाई श्रममा होईन विद्यालय पठाऔँ’’ यहाँ बालश्रम छैन भन्ने स्टीकर टासिएको परियोजनाको संयोजक दिलवहादुर रम्तेलले बताउनुभयो।

राजमार्गका होटल अनुगमनमा बस स्टाफ र यात्रुहरुले खाना खाने, ट्रक स्टाफले खानाखाने धेरै संख्यामा गेष्ट आवत जावत गर्ने २३ वटा ठुला होटलहरुमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा १५ वटा होटलमा कामदारका रुपमा बालश्रम नभएका होटलहरुमा स्टीकर टाँस्ने काम सम्पन्न भएको रम्तेलले बताउनुभयो।

होटल अनुगमनका क्रममा जहाँ बालश्रम देखिएको छ त्यहाँ अर्को पटक गाउँपालिका, जिल्ला प्रशासन कार्यलय संग समन्वय गरी पुनःअनुगमन गर्ने र अनुगमनको क्रममा बालश्रम नभए स्टीकर टासिने उहाँको भनाई छ।

कार्यक्रममा कार्यकारी समिती (Task force committee)का सदस्य एवं जिल्ला होटल संघ धादिङका पुर्व अध्यक्ष राजकुमार प्याकुरेलले पृथ्वी राजमार्ग अन्र्तगत पर्ने होटलहरुमा बालश्रम रहित होटल सञ्चालन गरी गेष्टको चाहना अनुसार शुद्ध, सफा, स्वच्छ र स्वादिष्ट खाना उपलब्ध गराउनुपर्ने बताउनुभयो। उहाँले यो धादिङको सान भएकाले राजमार्गमा मर्यादित बालश्रम रहित होटल सञ्चालन गर्न कार्यकारी समिती गठन गरिएको बताउनुभएको छ ।

यस्तै गैह्रसरकारी महासंघ नेपालका केन्द्रिय सदस्य सिड्सका कार्यकारी निर्देशक गोकण रुपाखेतीले थाक्रे गाउँपालिकामा बालश्रम निर्मुल पार्न होटल ब्यवसायमा संगै, ईटाभट्ट, आग्रा खोला लगायत खोलाहरु, विभिन्न उद्योगहरुमा पनि बालश्रम रहेकोले यसलाई अभियानको रुपमा सञ्चालन गरी बागमती प्रदेश सरकारले २०७८ भित्र बालश्रम निर्मुल पार्न गरेको घोषणा अनुसार,तदारुकता साथ काम गरी बालश्रम मुक्त गाउँपालिका बनाउन लाग्नुपर्ने बताउनु भएको थियो ।  

सिड्स नेपालका अध्यक्ष माधव प्रसाद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती धादिङका सदस्य उर्मिला रेग्मी, थाक्रे गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष इन्द्र वहादुर थापा, वडा नं. २ का वडाअध्यक्ष राजकुमार पोडेल, वडा नं. ६ का वडा अध्यक्ष पुर्ण वहादुर कार्की, वडा नं. ८ का वडा अध्यक्ष केशव प्याकुरेल, कार्यपालिका सदस्य शुशिला सुवेदी, वडा सदस्य रवि श्रेष्ठ, थाक्रे गाउँपालिका महिला बालबालिका शाखा प्रमुख रोजिना रिजाल, प्रहरी चौकी, सिम्लेका प्रमुख विष्णु प्रसाद लोहनी, प्रहरी चौकी, महादेबबेशीका प्रहरी हवल्दार खुसीराम महतो र गैर सरकारी महासंघ नेपालका केन्द्रिय सदस्य तथा सिड्सका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, जिल्ला होटल संघ, धादिङका पुर्व अध्यक्ष राजकुमार प्याकुरेलको आतिथ्यता रहेको थियो।कार्यक्रममा सिड्सका विभिन्न समिती, पत्रकार, मर्यादित बालश्रम रहित होटल ब्यवसाय सञ्चालन गर्न गठन गरिएको कार्यकारी समिती (Task force committee) का सदस्यहरु, जिल्ला होटल संघका प्रतिनिधीहरु, प्रहरीहरु, परियोजनाको कर्मचारीहरु सहभागिता रहेको थियो ।

(SVC)  परियोजना थाक्रे गाउँपालिका अन्र्तगत वडा नं. २, ४, ५, ६ र ११ मा सञ्चालन रहेको छ। उक्त परियोजनाले बालअधिकार, बालसंरक्षण समुदाय र विद्यालयमा बालबालिकाको संरक्षण वा अधिकार स्थापित गर्नको लागि समुदायमा समुहहरु गठन गर्ने,समुदायमा बालक्लबहरु गठन गर्ने, विद्यालयहरुमा बालक्लब गठन गर्ने साथै वडा स्तर र गाउँपालिका स्तरको बाल क्लबहरुको 
बालक्लब संजाल विस्तार गर्ने र बालविवाह, बालश्रम, बालबालिका बेचबिखन, बाल दुब्र्यवहार लगायतका बालबालिका माथि हुने हिंसा लाई न्युनिकरण साथै बालबालिकाको शिक्षालाई निरन्तरता गर्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेको रम्तेलले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्