चाडपर्व लक्षित गर्दै ग्रामिण यातायात धादिङ प्रा. लि. द्धारा नयाँ डिलक्स बस थप

धादिङबेशी । छोटो समयमा नै जिल्लाको यातायात क्षेत्रमा फड्को मार्न सफल ग्रामिण यातायात धादिङ प्रा. लि. ले दशै तिहार लक्षित गरेर धादिङमा नया डिलक्स बस सेवा थप गरेको छ ।
चाडपर्वमा यात्रुहरुको सहजतालाई मध्यनजर गरि हाल उक्त संस्था बाट ७ वटा नया बस थप गरेको हो ।
आरामदायी,सुरक्षित यात्रा र गुणस्तरिय सेवामा जोड गरिरहेको ग्रामिण यातायात धादिङ प्रा. लि.ले हाल डिलक्स बस ३ वटा र मिनीबस ४ वटा गरि ७ वटा नयाँ बस थप गििरएको बताईएको छ ।

प्रा।लि।का अध्यक्ष राजेन्द्र अधिकारीका अनुसार हाल समितिले धादिङबेसी हुदै ग्रामीण भेग र जिल्ला बाहिर काठमाडौं, पोखरा, नारायणघाट, बीरगंज, लगाएतको क्षेत्रमा ४५ वटा बसहरु द्धारा सेवा दिईरहेको छ । धादिङ ग्रमिण क्षेत्रहरुमा सेवा दिई रहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्