भोलि हुने अन्तराष्ट्रिय धादिङ समाजको महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

धादिङ २३ असोज 
अन्तर्राष्ट्रिय धादिङ समाजको भोली (असोज २४) गते हुने महाधिवेशनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।संस्थाका सल्लाहाकार तथा(एनआरएनए) आईसीसी सह–कोषाध्यक्ष लोक प्रसाद दाहालको संयोजकत्वमा गठिन निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका हो।

अन्तराष्ट्रिय धादिङ समाजको निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन असोज २२ गते साँझ ४ बजे सम्म,मतदाता नामावलीप्रतिको दावि विरोध अक्टोबर ८ अर्थात असोज  २२ गते ४ बजेदेखि राती ९ बजेसम्म र अन्तिम मतदाता नामावली प्रकाशन अक्टोबर ८ अर्थात असोज २२ गते रातको ११ बजे सम्मको लागि तोकिएको छ।

यसैगरी उम्मेदवारी मनोनयन दर्ता असोज २२ र २३ गते राती ११ बजेर ५९ मिनेट सम्म,उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन असोज २४ गते विहान १ बजे सम्म,दावि विरोध तथा उम्मेदवारी फिर्ता असोज २४ गते बिहान १ बजेदेखि ६ बजेसम्म,उम्मेदवारको अन्तिम नामावली प्रकाशन असोज २४ गते विहान ७ बजे सम्मको लागि तोकिएको अन्तराष्ट्रिय धादिङ समाजका प्रवक्ता राजन खकुरालले जानकारी दिनुभयो।

यसैगरी निर्वाचन(मतदान) असोज २४ गते विहान ८ बजेदेखि,मतगणता असोज २४ गते मतदान सकिएपछि,निर्वाचन परिणाम घोषणा असोज २४ गते मतदान सकिएपछि र सपथ ग्रहण असोज २४ गते मतदान सकिएपछि गर्ने कार्यतालिका रहेको छ । निर्वाचन समितिको सह–संयोजकमा भुवन गुरुङ (नेपाल),सदस्य सचिवमा  पुन्य रेग्मी(बेलायत) सदस्यहरुमा प्रकाश धमला (साउथ कोरिया)र राज कुमार अधिकारी(जापान) रहनुभएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्