सुकौराबेसी टोलसुधार समितिद्धारा सरसफाई,नवमीको दिन चियापान कार्यक्रम गर्ने 

नीलकण्ठ नगरपालिका वडा न ७ सुकौराबेशी टोलसुधार समितिलेले आज समुदाय भित्रका गोरेटा बाटोहरुमा सरसफाइ गरेको छ। “सबै मिली अघि बढौ,सुन्दर समाज निर्माण गरौ” भन्ने नारा सहित सुकौराबेसी भित्रका सामुदायिक भवन,कालीका मन्दिर प्राङ्गण लगाएत समुदाय भित्रका गोरेटा बाटोहरुमा सरसफाइ गरिएको हो। समितिका अध्यक्ष सुदिप पोखरेलको अध्यक्षतामा सम्पन्न सरसफाई कार्यक्रममा समुदायका युवायुवती तथा जनसमुदायको सहभागिता रहेको थियो।

No description available.

समुदायमा विभिन्न कामहरु गर्दै आइरहेको समितिले समुदायलाई परिवर्तन र विकासमुखि नमुना गाउँ बनाउने उदेश्य सहित केही महिनादेखि रोकिएको कार्यक्रम अब नियमित अगाडि बढने समितिका अध्यक्ष सुदिप पोखरेलले बताउनु भयो। 

No description available.

टोलसुधार समितिले गत बर्ष जस्तै यो बर्ष पनि विजया दशमीको उपल्यक्षमा असोज २८ गते नवमीको दिन शुभकामना आदनप्रदान, चियापान तथा  समुदायमा अतुलनीय योगदान गर्नुभएका अग्रजहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको समितिका सल्लाहकार प्रेम नेपाली“प्रतीक“ले जानकारी दिनुभयो। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्