नेत्रावतीमा जारी सहिद संकल्प–सम्पर्क स्मृति कपमा ब्रादी,आयोजक र सेल्लेको जित

धादिङ,२३ असोज।
नेत्रावती डबजोङ गाउँपालिका वडा नं. २ को मार्पाक पुख्रीमा जारी पाँचौ सहिद संकल्प–सम्पर्क स्मृति कप खुल्ला फुटबल प्रतियोगिता अन्तरगत आज चौथो दिन पनि ३ खेलहरु सम्पन्न भएको छ ।

आज पहिलो खेलमा आयोजक ए ले आयोजक सि लाई ४–० गोलले पराजित गर्याे भने दोस्रो खेलमा छोईलिङ्ग युवा क्लब,सेल्लेले चौतारा युवा क्लब ले सेमजोङलाई ३–१ गोलले पराजित गरेको प्रतियोगिताका सह–संयोजक दिनेश मम्बाले जानकारी दिनुभयो।

त्यसैगरि आजै सम्पन्न अन्तिम खेलमा ब्रादी युवा क्लबले चरङ्गे युवा क्लबलाई १–० गोलले पराजित गरेको छ।प्रतियोगितामा भोली पनि ३ खेल हुनेछन् ।भोली पहिलो खेलमा छोईलिङ्ग युवा क्लब सेल्ले र ब्रादी युवा क्लब बिहान ९ बजे भिड्नेछन् भने दोस्रो खेलमा आयोजक बि र सिंगदेवी युवा क्लब बिहान ११ भिड्नेछन्।त्यसैगरि अन्तिम खेलमा पोल्चेत युवा क्लब र आयोजक ए दिउसो १ बजे भिड्नेछन्।

असोज २० गतेबाट शुरु भएको प्रतियोगिताको समापन असोजको २६ गते हुनेछ भने बिजेताले नगद रु ५पचास हजार ५०५, ट्रफि, मेडल र प्रमाणपत्र तथा उपबिजेताले नगद रु तिस हजार ३०३, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।त्यस्तै  सेमिफाईनल पुग्ने २ टिमहरुले नगद रु १०१० हजार प्राप्त गर्ने प्रतियोगिताका सह–संयोजक तामाङले जानकारी दिनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्