नवनिर्वाचित अध्यक्ष राजन खकुरालको यस्तो छ,६ प्रतिबद्धताहरु 

अन्तराष्ट्रिय धादिङ समाजका नवनिर्वाचित अध्यक्ष राजन खकुरालले आफ्नो ६ प्रतिबद्धताहरु सार्वजनिक गर्नुभएको छ । अन्तराष्ट्रिय धादिङ समाजको आज सम्पन्न भएको महाधिवेशनबाट निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएपछि उहाँले आफ्नो कार्याकालमा गर्ने कार्यहरुको प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

यस्तो छ,खकुरालको प्रतिबद्धताहरु :

१.संसार भर माबसोबास गर्ने धादिङेलीहरुलाई एकै छाता मुनि ल्याउने र नेपाल भित्र र बाहिर उनीहरुको हितको संरक्षण र प्रवद्र्धन गर्ने र उनीहरुको क्षमता र स्रोतहरुको उपयोग धादिङको हितमा गर्ने। 

२.राष्ट्रिय समन्वय परिषदहरु संग समन्वय तथा सहकार्य  गर्ने।  

३.संस्थागत र वित्तीय स्थायित्व गरि नेपाल सरकार तथा गैर आवासीय नेपाली संघ संग समन्वय तथा सहकार्य गर्ने 

४.राष्ट्रिय समन्वय परिषदहरुहरुको संख्या बढाउने

५.धादिङेली आप्रवासी कामदारहरुको निष्पक्ष र न्यायोचित अधिकारहरुको प्रवद्र्धन र समर्थन गर्ने। 

६.धादिङमा बृहत समुदायहरुको हितको लागी दिगो सामाजिक प्रभाव गतिविधिहरु लाई बढावा दिने र संलग्न हुने

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्