जे.ए. ग्रुपद्वारा ट्राफिकलाई २ सय थान ज्याकेट,स्वास्थ्य शिविर र छात्रबृत्ति

जे.ए. ग्रुपका संस्थापकहरुले बडा दशैं, दिपावली तथा छठ पर्वको अवसर पारेर महानगरीय ट्राफिक प्रहरी ललितपुरलाई २ सय थान ट्रफिक सुरक्षा ज्याकेट हस्तान्तरण गरेका छन् । संस्थापकहरु अनारदेवी श्रेष्ठ, जीज्ञासा अर्याल र श्रेसा शाक्यले संयुक्त रुपमा बरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलार्ई आइतबार  हस्तान्तरण गर्नुभएको हो।

नेपालीहरुको महान चाडको अबसरमा ट्राफिक प्रहरीसँग शुभकामना आदान प्रदान समेत गरेका थिए ।ट्राफिक प्रहरीको सुरक्षाको निम्ती अन्य ट्राफिक कार्यालयहरुलाई समेत सुरक्षा ज्याकेट उपलब्ध गराएका जनाएका छन्।

समाजसेवी अनारदेवी श्रेष्ठ लगायतले दश वर्षदेखि सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा विपन्नहरुलाई सहयोग गर्दै आईरहेका छन् । जे.ए.ग्रुपका संस्थापक अनारदेवी श्रेष्ठले सिन्धुपाल्चोकस्थित शारदा माध्यामिक विद्यालयाका जेहेन्दार तथा गरिब विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराउँदै आउनुभएको छ।

यस्तै जे.ए. ग्रुपले डाक्टर सन्चो क्लिनिक मार्फत ललितपुरको हात्तिवन तथा हरिसिद्ध क्षेत्रमा समय समयमा निशुल्क स्वास्थ शिविर सञ्चालन गरी निशुल्क औषधी समेत वितरण गर्दै आईरहेको छ । संस्थाले केही दिनअघि ४० जना बृद्धबृद्धा र ९० जना बालबालिकाको निशुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।  युवा उध्यमी जिज्ञासा अर्यालले सेवाअनलाईन समेत संचालन गरिहेकी छन् । गनु भएको छ ।

सेवा अनलाईनले विदेशमा छोराछोरी भएका र स्वदेशमा भएका बुढाबुढी वाआमालाई बिरामी हुँदा न्यूनतम शुल्कमा अस्पताल ल्याउनेलैजाने सेवादिँदै आएको  डा. सन्चो क्लिनिकका निर्देशक जेन श्रेष्ठले जानकारी दिनुभयो । जे.ए. ग्रुपले भविष्यमा भौतिक पूर्वाधारहरुमा समेत लगानी गर्ने जनाएको छ । यसले विभिन्न क्षेत्रमा सेवा पुर्याउने जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्