आज पनि संक्रमण हुने भन्दा निको हुने बढि,८७१ संक्रमित निको भए

नेपालमा केहिदिन देखी कोरोना संक्रमण हुने भन्दा निको हुने बढ्दै गएका छन्।केही दिनदेखि संक्रमण ओरालो लागिरहँदा निको हुने दर उकालो लागेको छ ।पछिल्लो २४ घण्टामा ५९६ जना कोरोना संक्रमित थपिदा ८७१ संक्रमित निको भएका छन्।

देशभरका प्रयोगशालाबाट ९ हजार २३७ जनाको पीसीआर गर्दा ५६५ जना र ३ हजार १६७ जनाको एन्टिजेन परिक्षणमा १३ गरी ५९६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शनिबार ७६० संक्रमित थपिएका थिए । योसँगै देशभर संक्रमित हुनेको संख्या ८ लाख ९५ हजार १९२ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ७५ हजार ९४३ पुगेको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार २४ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९६ दशमलब ७ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण १० जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार २३१ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्