नगरपालिकाका शिक्षकलाई ल्यापटप र विद्यालयलाई स्मार्ट टेलिभिजन वितरण 

धादिङ २४ असोज ।
धादिङको नीलकण्ठ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकको लागि ल्यापटप र विद्यालयको लागि स्मार्ट टेलिभिजन वितरण गर्ने कार्य सुरु गरेको छ।शिक्षालाई प्रविधीमैत्री बनाई शिक्षामा गुणस्तर कामय गर्ने उदेश्यले नीलकण्ठ नगरपालिकाले प्रत्येक शिक्षकलाई ल्यापटप र विद्यालयलाई स्मार्ट टेलिभिजन वितरण गरेको हो।

शिक्षकहरुलाई किताबमा आधारित भएर भन्दा पनि नवितम् कुराहरु खोज गरेर विद्यार्थीहरुलाई सिक्नको लागि उत्प्रेरित गर्ने उद्धेश्यले ल्यापटप वितरण गरीएको नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले बताउनुभएको छ। भौतिक विकास भन्दा पनि शिक्षाको विकास पहिलो आधार रहेको भन्दै उहाँले शिक्षाको विकास नभएसम्म अन्य विकास गरेर अर्थ नराख्ने बताउनुभयो।

शिक्षाको सुधारको लागि आफु सधै प्रतिबद्ध रहेको भन्दै उहाँले गुणस्तरी शिक्षा प्रदान गर्न र अभिभावकहरुको विश्वास जितेर शिक्षकहरुलाई पढाउनको लागि पनि आग्रह गर्नुभयो।यसैगरी नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसी राम पौडेलले शिक्षालाई प्रविधीमैत्री बनाउनको लागि नगरपालिकाले नयाँ कार्यक्रमहरु ल्याएको बताउनुभयो।

सामुदायिक विद्यालयहरुमा निशुल्क ईन्टरनेट विस्तारको लागि नेपाल टेलिकम सँग सम्झौता भईसकेको भन्दै उहाँले शिर उच्च बनाउने गरी काम गर्नको लागि पनि शिक्षकहरुलाई आग्रह गर्नुभयो।नगरभित्रका सम्पुर्ण सामुदायिक विद्यालयका सबै शिक्षकहरुलाई ल्यापटप वितरण गर्ने कार्य योजना अनुसार पहिलो चरणमा १ सय ६६ जना शिक्षकलाई ल्यापटप वितरण गरीएको नीलकण्ठ नगरपालिकाका श्रोत व्यक्ति मेघनाथ कोईरालाले जानकारी दिनुभयो।

बाँकि शिक्षकहरुको लागि आर्थिक बर्ष २०७८/७९ को लागि पनि नगरपालिकाबाट ६० लाख रकम बिनियोजित गरीएको शिक्षा अधिकृत तुलबहादुर महतले बताउनुभयो।नीलकण्ठ नगरपालिकाको पचास प्रतिशत र शिक्षकहरुको पचास प्रतिशतबाट ल्यापटप वितरण गरीएको हो ।यसैगरी सामुदायिक विद्यालयको लागि स्मार्ट टेलिभिजन भने नगरपालिकाले निशुल्क उपलब्ध गराएको हो।ल्यापटक वितरण भएसँगै केहि समय पछि नगरपालिकाले शिक्षकहरुलाई तालिम सन्चालन गर्ने कार्यक्रम रहेको छ।

नीलकण्ठ नगरपालिका भित्र सन्चालनमा रहेको ९० वटा सामुदायिक विद्यालयका ४ सय भन्दा बढी शिक्षकहरुलाई ल्यापटप वितरण गर्ने नीलकण्ठ नगरपालिकाले लक्ष्य राखेको छ।नीलकण्ठ नगरपालिकाले कक्षाकोठा व्यावस्थापन अन्तर्गत १५ वटा विद्यालयका लागि १५ लाख बिनियोजन गरीसकेको र १५ वटै विद्यालयका लागि बालउद्यान निमार्णको लागि ४१ लाख बिनियोजन गरीएको श्रोत व्यक्ति मेघनाथ कोईरालाले जानकारी दिनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्