छोईलिङ,आयोजक बि,पोल्चेत र ब्रादी सेमिफाईनल प्रवेश

धादिङ,२४ असोज।
नेत्रावती डबजोङ्ग गाउपालिका–२ को मार्पाक पुख्रीमा जारी पाँचौ सहिद संकल्प–सम्पर्क स्मृति कप खुल्ला फुटबल प्रतियोगिता अन्तरगत क्वाटरफाईनलका खेलहरु सम्पन्न भएका छन् ।

आज सम्पन्न पहिलो खेलमा छोईलिङ्ग युवा क्लब सेल्लेले ब्रादी युवा क्लबलाई २–१ गोल, दोस्रो खेलमा आयोजक बि ले सिंगदेवी युवा क्लबलाई ६–१ गोल र अन्तिम खेलमा पोल्चेत युवा क्लबले आयोजक ए लाई ३–१ गोलले पराजित गरेको प्रतियोगिता ब्यबस्थापक शुरेश लोप्चनले जानकारी दिनुभयो ।

छोईलिङ्ग युवा क्लब  सेल्ले, आयोजक बि, पोल्चेत युवा क्लब र ब्रादी युवा क्लब सेमिफाईनलमा पुग्न सफल भएका छन्।भोली सेमिफाईनलका २ खेलहरु हुनेछन् । 

असोज २० गतेबाट शुरु भएको प्रतियोगिताको समापन असोजको २६ गते हुनेछ भने बिजेताले नगद पचास हजार ५०५, ट्रफि, मेडल र प्रमाणपत्र तथा उपबिजेताले नगद तिस हजार ३०३, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने सेमिफाईनल पुग्ने २ टिमहरुले नगद रु १०–१० हजार प्राप्त गर्ने प्रतियोगिताका व्यवस्थापक लोप्चनले जानकारी दिनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्