नेत्रावती डबजोङ्ग कप ब्याडमिन्टन:सविन र नकुल फाईनल प्रवेश

नेत्रावती डबजोङ गाउपालिका–१ मार्पाकमा जारी दोस्रो नेत्रावती डबजोङ कप खुल्ला सिंगल पुरुष ब्याडमिन्टन प्रतियोगितामा खनियाबासका सविन तामाङ र नेत्रावती डबजोङका नकुल अधिकारी फाईनल प्रवेश गरेका छन्। जिल्लाभरबाट १६ जना खेलाडी सहभागी प्रतियोगिता अन्तर्गत आज क्वाटरफाईनलका ४ र सेमिफाईनलका २ खेलहरु सम्पन्न भएका छन्।

आज सम्पन्न क्वाटरफाईनलका खेलहरुमा नयन अधिकारी र आश्विन तामाङ साथै सबिन तामाङ र नकुल अधिकारी सेमिफाईनल प्रबेश गरेका छन् ।त्यसै गरि आजै सम्पन्न सेमिफाईनलका खेलहरुमा सविन तामाङ र नकुल अधिकारी फाईनल प्रवेश गरेका हुन।

No description available.

असोज २६ गते फाईनल हुने प्रतियोगितामा प्रथम, द्धितीय हुनेलाई क्रमश ११ हजार १ सय ११, ५ हजार ५ सय ५५ रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले जानकारी दिएको छ।यस्तै तृतिय हुने २ जनालाई नगद रु २ हजार २ सय २२, गिफ्ट र प्रमाणपत्र प्रदान गरिने साथै १ जना उदियमान खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिनुका साथै क्वाटरफाईनलबाट बाहिरिने ४ जनालाई समेत पुरस्कारको ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।

साथै हरेक सहभागी खेलाडीहरुलाई मार्पाक सामुदायिक क्लब, भिजन न्युज नेपाल र सकारात्मक प्रेरणा अभियान नेपालको तर्फबाट संयुक्त रुपमा मायाको चिनो प्रदान गरिने प्रतियोगिता संचालक शिव कार्कीले जानकारी दिनुभयो।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्