आदमटारमा सम्पन्न अन्तर वडा फुलबलमा नलाङ कुम्पुर समाज कालिदह प्रथम

धादिङको सिद्धलेक गाउँपालिका–७ आदमटारमा सम्पन्न गाउँपालिका स्तरीय अन्तर वडा फुलबल प्रतियोगितामा नलाङ कुम्पुर समाज प्रथम भएको छ। आईतबार सम्पन्न फाईनल खेलमा नलाङ कुम्पुर समाज कालिदहले पिपलटार युवा समाज ए लाई पराजित गर्दै प्रथम भएको हो। प्रतियोगितामा पिपलटार युवा समाज बी तृतिय भएको छ।

अरुणोदया युवा क्लवको आयोजना भएको उक्त प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो।प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश ५० हजार, ३० हजार, २० हजार रुपैंया र मेडल, प्रमाणपत्र, कप प्रदान गरिएको र उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र धेरै गोल गर्नेलाई नगद ५ हजार सहित मेडल र प्रमाणपत्रद्वारा पुस्कृत गरिएको आयोजकले जानकारी दिएको छ।

May be an image of 4 people and people standing

समापन कार्यक्रममा जिल्ला फुटबल संघ धादिङका अध्यक्ष एवम एमालेको राष्ट्रिय युवा संघका स्थायी समिति सदस्य तथा जिल्ला अध्यक्ष दिपक खतिवडाले आयोजक अरुणोदय युवा क्लवलाई नगद ३० हजार सहित १ लाख बराबरको खेलकुद सामाग्री सहयोग गर्नुभएको छ।

May be an image of 11 people and people standing

समापन कार्यक्रममा सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मण खतिवडा, जिल्ला फुटबल संघ धादिङका उपाध्यक्ष एवम् मदनभण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष रमेश अधिकारी,जिल्ला फुटबल संघ धादिङका महसचिव रामहरी थापा लगायतको आतिथ्यता रहेको थियो।

May be an image of 11 people and people standing

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्