ज्वालामुखी गाउँपालिकाका २ जनाको कोरोना पोजिटिभ 

धादिङमा आज ८ जनाको एण्टिजेन परिक्षण मध्ये ज्वालामुखी गाउँपालिकाका २ जनाको कोरोना पोजिटिभ देखिएको छ ।हाल जिल्लामा सक्रिय संक्रमित १२ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ३४ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ८ हजार ९७६ रहेको छ। यसैगरी संक्रमणका कारण ८० जनाले ज्यान गुमाएका छन्।जिल्लामा संक्रमित १२ जना होम आइसोलेसनमा रहेका छन्। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्