धादिङमा आज ७ परिक्षण मध्ये ३ कोरोना पोजिटिभ,तिन निको भए


धादिङ,२६ असोज।
धादिङमा आज ७ जनाको एण्टिजेन परिक्षण मध्ये ज्वालामुखी गाउँपालिकाका ३ जनाको कोरोना पोजिटिभ देखिएको छ ।हाल जिल्लामा सक्रिय संक्रमित १२ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।सोमबार २ संक्रमित थपिएका थिए।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या नौ हजार एक सय ३७ पुगेको छ।यस्तै पछिल्लो २४ घण्टामा ३ संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या ८ हजार ९७९ रहेको छ। यसैगरी संक्रमणका कारण ८० जनाले ज्यान गुमाएका छन्।जिल्लामा संक्रमित १२ जना होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्