देशैभर निको हुने बढ्दै:पछिल्लो २४ घण्टामा ९१० संक्रमित निको भए

नेपालमा आज पनि कोरोना संक्रमण हुने भन्दा निको हुने बढि रहेको छ । केही दिनदेखि संक्रमण ओरालो लागिरहँदा निको हुने दर उकालो लागेको छ ।पछिल्लो २४ घण्टामा ७९२ जना कोरोना संक्रमित थपिदा ९१० संक्रमित निको भएका छन्।

देशभरका प्रयोगशालाबाट ७ हजार ६० जनाको पीसीआर गर्दा ६९१ जना र २ हजार ५५९ जनाको एन्टिजेन परिक्षणमा १०१ गरी ७९२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सोमबार ७८५ संक्रमित थपिएका थिए । योसँगै देशभर संक्रमित हुनेको संख्या ८ लाख ९६ हजार ७३ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ७७ हजार ४१ पुगेको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ५५४ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९६ दशमलब ८ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण १४ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार २५७ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्