नेत्रावती डबजोङमा आयोजित ब्याडमिन्टन प्रतियोगिताको उपाधि तामाङलाई

नेत्रावती डवजोङ गाउँपालिकामा सम्पन्न भएको दोस्रो नेत्रावती डबजोङ कप खुल्ला सिंगल पुरुष ब्याडमिन्टन प्रतियोगिताको उपाधि सविन तामाङले जितेका छन् ।आज भएको फाइनल खेलमा नेत्रावती डबजोङ गाउँपालिकाका नकुल अधिकारीलाई २१–१२ र २१–१२ को सोझो सेटमा पराजित गर्दै खनियाबास गाउपालिकाका सबिन तामाङले उपाधी जितेका हुन् ।

तामाङले नगद ११ हजार १ सय ११,प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै उपविजेता अधिकारीले नगद ५ हजार ५ सय ५५ हात पारे। .यस्तै प्रतियोगितामा तृतिय भएका नयन अधिकारी र अश्विन तामाङले २ हजार २ सय २२ र १ हजार १ सय ११ रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन्।

यस्तै इमर्जिङ्ग खेलाडीमा शिसिर तामाङ घोसित बने उनलाई ¥याकेट गिफ्ट र प्रमाण पत्र, क्वाटर फाईनलिष्ट बनेका मिल्क थोक, अदिप अधिकारी, बद्री अधिकारी र शिव कार्कीलाई गिफ्ट र प्रमाण पत्र प्रदान गरिएको थियो।

प्रतियोगितामा प्युठान जिल्लाका १ जना, खनियाबास गाउपालिकाका १ जना र नेत्रावती डबजोङ्ग गाउपालिकाका १४ जना गरि कुल १६ जना खेलाडीहरु सहभागी थिए ।क्लबका अध्यक्ष सुदिप अधिकारीको सभापतित्वमा सम्पन्न प्रतियोगिता समापन तथा पुरस्कार बितरण कार्यक्रममा पुर्व संविधानसभा सदस्य बिर बहादुर तामाङ्गको प्रमुख आतिथ्यता रहेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्