गोरखामा जिप दुर्घटना:१४ घाइते,३ जनाको अवस्था गम्भीर

गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । मंगलबार वेनिघाटबाट माझीटार जाँदै गरेको बा २० च ४४०० नम्बरको जिप अनियन्त्रित भइ सडकबाट करिब ५० मिटर भीरमा खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइतेमध्ये ३ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार घाइतेमध्ये धादिङ ज्वालामुखी गाउँपालिका–१ माझिटारकी २० वर्षीया संगिता माझी, २१ वर्षिय रमण कुमाल र गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोकका ३६ वर्षीया सन्जु पुलामीको अवस्था गम्भीर रहेको छ ।

घाइतेमध्ये ७ जना धादिङ ज्वालामुखी गाउँपालिका–१ माझीटार बस्ने ४८ वर्षीय सुब्बा माझी, २८ वर्षीय बलबहादुर कुमाल, २१ वर्षीय रमण कुमाल, गण्डकी गाउँपालिका–६ भुम्लिचोकका ५० वर्षीय होमबहादुर कुमाल र ५० वर्षीय बृन्दा कुमाललाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रेफर गरिएको छ । 

चालकसहित सामान्य अवस्थाका थप ७ घाइतेको भने मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सवारी चालक २२ वर्षीय मनोज माझीको अवस्था सामान्य रहेको र प्रहरी निगरानीमा उपचार भइरहेको उहाँले बताउनुभयो।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्