आज महाअष्टमी:दुर्गाभवानीको पूजाआराधना गरी मनाइँदै

आज महाअष्टमी पर्व,आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने  महाअष्टमीमा दुर्गाभवानीको विशेष पूजा गरी मनाइँदैछ ।दशैँको आठौँ दिन आज दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ ।

आजका दिन धादिङ सहित देशभरका विभिन्न शक्तिपीठमा पनि दर्शनार्थीको भीड लाग्ने गर्छ ।महाष्टमीका दिन राति हनुमानढोकाको दशैंँघरमा हुने विशेष कालरात्रि पूजा हुन्छ । आजको दिन कलपुर्जा, हातहतियार र गाडीलाई सरसफाइ गर्ने चलन छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्