पाँचौ सहिद संकल्प–सम्पर्क स्मृति कप फुटबलको उपाधी सुकेल छार युवा क्लबलाई

नेत्रावती डबजोङ गाउपालिका वडा नं. २ को मार्पाक पुख्रीमा सम्पन्न भएको पाँचौ सहिद संकल्प–सम्पर्क स्मृति कप फुटबलको उपाधी सुकेल छार युवा क्लबले जितेको छ ।मंगलबार भएको फाइनल खेलमा छोईलिङ्ग युवा क्लब सेल्लेलाई ४–१ गोलले पराजित गर्दै सुकेल छार युवा क्लबले प्रतियोगिताको बिजेता बन्न सफल भएको हो।

बिजेता सुकेल छार युवा क्लबले नगद पचास हजार ५०५, ट्रफि, मेडल र प्रमाणपत्र हात पार्यो भने उपबिजेता बनेको छोईलिङ्गले नगद तिस हजार ३०३, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै सेमिफाईनलिष्ट दुई टिमहरु ब्रादी युवा क्लब र पोल्चेत युवा क्लबले समान रु १०–१० हजार प्राप्त गरेको छ।प्रतियोगितामा सुकेल छार युवा क्लबका श्रीकृष्ण तामाङ हाई स्कोरर र राजन मगर उत्कृष्ठ गोलकिपर तथा छोईलिङ्ग युवा क्लबका सोम तामाङ्ग उत्कृष्ट खेलाडी घोषित भएका छन्।

असोज २० गतेदेखी सुकेल छार युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा धादिङ र नुवाकोट जिल्लाको गरी जम्मा १८ टिमको सहभागिता रहेको थियो। क्लबका अध्यक्ष राजु तामाङको सभापतित्वमा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रममा संविधान सभा सदस्य वीर बहादुर तामाङको प्रमुख आतिथ्यता तथा नेत्रावती डबजोङ गाउपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्यको विशेष आतिथ्य रहेको थियो।

प्रतियोगिताको प्रथम पुरस्कार पचास हजार ५०५ जनता समाजबादी पार्टीका जिल्ला कमिटी सदस्य तथा नेत्रावती डबजोङ गाउपालिका सचिब बिक्रम तामाङले प्रायोजन गर्नुभएको थियो भने द्धित्तिय पुरस्कार  तिस हजार ३०३ नेपाल आदिबासी जनजाती महासंघका महासचिब गोपाल गुरुङले गर्नुभएको थियो ।त्यस्तै सेमिफाईनलिष्ट २ टिमको १०–१० हजार भने नेपाली काग्रेस नेत्रावती डबजोङ गाउपालिकाका सभापति ठाकुर गुरुङ्गले प्रायोजन गर्नुभएको आयोजक जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्