१३ औं संस्करण साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले भारतसँग खेल्ने 

साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि शनिबार नेपालले भारतसँग खेल्ने भएको छ ।बिहिबार सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग एक÷एक गोलको बराबरी गर्दै फाइनलमा पुगेको छ भने माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा पुगेको छ ।

फाइनल खेल शनिबार बेलुका पौने ५ बजे हुनेछ। पहिलो पटक फाइनल पुगेको नेपालले चार खेलमा ७ अङ्क जोडेको छ भने सात पटकको साफ विजेता भारतको भने ८ अङ्क छ ।सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपमा नेपाल १३ औं संस्करणमा आइपुग्दा पहिलो पटक फाइनलमा पुगेको छ।  फाइल तस्बिर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्