टीकाको शुभ साइत बिहान १०ः०२ मा कुन देशमा कति बजे ?(सूचीसहित)

विजयादशमीको टीकाको शुभ साइत बिहान १० बजेर २ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । साइत भनेको राम्रो समय हो । जे काम गर्नका लागि पनि राम्रो समयबाट सुरु गर्यो भने त्यसको फल राम्रो हुन्छ भनेर टिकाको सुरुवात गर्नको लागि सबैभन्दा राम्रो समय  बिहान १० बजेर ०२ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक तथा सदस्य–सचिव ज्यो.पं.सूर्यप्रसाद ढुंगेलले बताउनुभयो। ढुंगेलका अनुसार शुभ साइतमा भ्याइएन भने साइत गयो टीका लगाउन हुँदैन भन्ने नभएको र देवीको प्रसाद मान्यजनको हातबाट आशीर्वचन साथमा टीका लगाउने हुनाले जहिले पनि गर्न सकिने बताउनुभएको छ।

घटस्थापनाको शुभसाइत ११ बजेर ४६ मिनेटमा तोकिएको थियो । त्यस्तै देवी विसर्जनको लागि पनि त्यो उत्तम समय अति महत्त्वपूर्ण हुन्छ । त्यो भनेको टीकाको दिन बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्ने हो। यस्तै समितिले नेपाल बाहिर बस्नेहरुको लागि दशैँको शुभसाइत सार्वजनिक गरेको छ ।

नेपाल बाहिर विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीले जिज्ञासा राखेकाले समितिको बिहीवारको बैठकले समय निर्धारण गरेको हो।विभिन्न देशको स्थानीय समय सार्वजनिक गरेको साइत टीकाको निमित्त सबैभन्दा उपयुक्त समयका रूपमा निर्धारण गरिएको भए पनि विजया दशमीको दिन आफ्नो समयमा टीका लगाउन सकिने जनाइएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्