छ हजार २१४ को परिक्षणमा ४५५ जना संक्रमित थपिदा ८०४ निको भए

नेपालमा आज पनि कोरोना संक्रमण हुने भन्दा निको हुने बढि रहेको छ । केही दिनदेखि संक्रमण ओरालो लागिरहँदा निको हुने दर उकालो लागेको छ ।पछिल्लो २४ घण्टामा ४५५ कोरोना संक्रमित थपिदा ८०४ संक्रमित निको भएका छन्।

देशभरका प्रयोगशालाबाट ३ हजार ४१८ जनाको पीसीआर गर्दा ३९८ जना र २७ सय ९६ जनाको एन्टिजेन परिक्षणमा ५७ गरी ४५५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बिहिबार ५९४ संक्रमित थपिएका थिए । योसँगै देशभर संक्रमित हुनेको संख्या ८ लाख ९६ हजार ८९३ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ७९ हजार १५४ पुगेको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ८५३ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९६ दशमलब ९ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ८ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार २६९ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्