पानी पर्न छाडेसँगै गर्मी बढ्यो

पानी पर्न छाडेपछि देशभर गर्मी बढेको छ । पानी पार्ने कुनै मौसमी प्रणाली नभएकाले निरन्तर मौसम सफा रहेको र घाम लागेर जमिन तातेकाले गर्मीको महसुस हुन थालेको हो ।

यो क्रम निरन्तर दुई दिनसम्म रहने अनुमान गरिएको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।भोलि शनिवारदेखि भने नयाँ मौसमी प्रणाली विकसित हुने भएकाले केही ठाउँमा पानी पर्ने सम्भावना छ । त्यसपछि भने बिस्तारै तापक्रम घट्दै जाने मौसमविद् शाक्यले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्