देशभर कोरोना संक्रमित घट्दै,सक्रिय संक्रमित १३ हजार ३०८ जना

नेपालमा आज पनि कोरोना संक्रमण हुने भन्दा निको हुने बढि रहेको छ । केही दिनदेखि संक्रमण ओरालो लागिरहँदा निको हुने दर उकालो लागेको छ ।पछिल्लो २४ घण्टामा २७२ कोरोना संक्रमित थपिदा ७७७ संक्रमित निको भएका छन्।

देशभरका प्रयोगशालाबाट २ हजार ९२ जनाको पीसीआर गर्दा २४० जना र २६ सय २० जनाको एन्टिजेन परिक्षणमा ३२ गरी २७२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बिहिबार ४५५ संक्रमित थपिएका थिए । योसँगै देशभर संक्रमित हुनेको संख्या ८ लाख ९७ हजार १६५ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ७९ हजार ९३१ पुगेको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३०८ रहेको छ ।सङ्क्रमणमुक्त हुनेको दर ९६ दशमलब ९ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ८ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार २७७ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

यसमध्ये १२ हजार २५० जना होमआइसोलेसनमा, १ हजार ५८ जना संस्थागत आइसोलेसनमा, ३०७ जना आईसीयू र १०१ जना भेन्टिलेटरमा रहेका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्