साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्दै

साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपालले भारतसँग खेल्दै छ ।माल्दिभ्सको मालेमा रहेको राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे हुनेछ।आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो ।नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो । 

साफ इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो ।आजको फाइनल खेल जिते नेपालले इतिहास रच्ने छ ।यस अघि समूह चरणको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको थियो । फाइल तस्बिर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्