एकीकृत समाजवादीको केन्द्रिय नेतृत्वमा धादिङका नौ जना,थप पाँचले पाए नयाँ जिम्मेवारी

नेकपा एकिकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारीहरुको कार्यभार र जिम्मेवारी टुङ्गो लगाएको छ ।केन्द्रीय कमिटीको प्रथम बैठक र स्थायी कमिटीको सातौं बैठकले गरेको निर्णयअनुसार निर्देशन जारी गर्दै समाजवादीले नेताहरुको कार्यभार र जिम्मेवारी टुङ्गो लगाएको हो।केन्द्रिय नेतृत्वमा धादिङबाट नौ जना पुगेका छन् ।समाजवादीको केन्द्रिय उपाध्यक्षमा राजेन्द्र पाण्डे, उप महासचिवमा डा.गंगालाल तुलाधर चयन हुनुभएको छ ।

यस्तै गुरुप्रसाद वुर्लाकोटी केन्द्रिय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज, बलराम बाँस्कोटा केन्द्रिय सदस्य एवम कृषि तथा भूमि सुधार विभाग प्रमुख र किसान फाँटको इन्चार्ज चयन हुनुभएको छ । यसैगरी इन्दिरा ढुंगाना र माया शर्मा बैकल्पिक केन्द्रिय सदस्य एवम धादिङ जिल्ला सह–इन्चार्ज, कमला तुलधार बैकल्पिक केन्द्रिय सदस्य,कृष्णप्रसाद अर्याल र कृष्णहरि श्रेष्ठ केन्द्रिय अनुशासन आयोग सदस्यमा चयन भएका छन् ।

उपमहासचिव तुलाधरलाई केन्द्रिय कार्यालय सचिवका साथै विपद व्यवस्थापन र शिक्षा विभागको प्रमुखको जिम्मेवारी दिईएको छ भने तुलधारको बहिनी कमला तुलाधरलाइ शिक्षा विभागको उप प्रमुखको जिम्मेवारी दिईएको छ । शिक्षकलाई पार्टीको सदस्य नवनाउने घोषणा गरेको एकीकृत समाजवादीले नेपाल शिक्षक महासंघकी अध्यक्ष कमलालाई पार्टीको बैकल्पिक केन्द्रिय सदस्य बनाएर आफ्नै घोषणाको उल्लंघन गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्