एमालेले देशभर एकैसाथ वडा अधिवेशन गर्ने 

नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन गर्ने भएको छ ।एमालेले कात्तिक ६ गते एकैपटक देशभरका ६ हजार ७४५ वडामा नयाँ नेतृत्व चयन लागि अधिवेशन गर्ने भएको हो।एमाले केन्द्रीय कार्यालयले बढीमा ३ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनहरूको उद्घाटन तथा शुभकामना सन्देश दिनेगरि तयारी गरिरहेको जनाएको छ ।

मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्दैछ । वडा अधिवेशनपछि कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ ।कात्तिक ६ गते एकसाथ वडा अधिवेशन हुने र अधिवेशन तथा नेतृत्व चयन विधिका बारेमा केन्द्रबाट सामन्य मापदण्ड पठाइने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिनुभयो।

एमालेको विधान अनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकायका रुपमा रहेको छ । त्यसभन्दा तल प्रारम्भिक कमिटीहरू रहे पनि कार्यकारी काम वडा कमिटीबाट हुन्छन् ।वडा कमिटीमा अध्यक्ष, दुई उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुने तामाङले बताए । कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्