देशभर थप ३९१ जनामा कोरोना संक्रमण,८४५ संक्रमित निको भए

पछिल्लो २४ घण्टामा देशभर आठ हजार ७७ जनाको परिक्षणमा ३९१ कोरोना संक्रमित थपिदा ८४५ संक्रमित निको भएका छन्।देशभरका प्रयोगशालाबाट ६ हजार ९६६ जनाको पीसीआर गर्दा ३८५ जना र ११ सय ११ जनाको एन्टिजेन परिक्षणमा ६ गरी ३९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शनिबार १४७ संक्रमित थपिएका थिए । योसँगै देशभर संक्रमित हुनेको संख्या ८ लाख ९७ हजार ७०३ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ७ लाख ८१ हजार ४५६ पुगेको छ ।सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार २९७ रहेको छ ।

सङ्क्रमणमुक्त हुनेको दर ९७ दशमलब ०७ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण ६ जनाको ज्यान गएसँगै हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एघार हजार २८४ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।यसमध्ये ११ हजार २७८ जना होमआइसोलेसनमा,१ हजार १९ जना संस्थागत आइसोलेसनमा, २९९ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्