कृषि विज्ञको सुझाव धान काट्दा र थन्क्याउँदा विशेष ध्यान दिऔँ

अबको केही दिन पानी पर्ने भएकाले धान काट्दा र थन्क्याउँदा विशेष ध्यान दिन विज्ञले सुझाव दिएका छन् ।कृषि विज्ञले अबको केही दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना भएकाले धान काटेर खेतमै छोड्दा नोक्सान हुन सक्ने भएकाले सकेसम्म धान नकाट्न सुझाव दिएका हुन्।

अहिले सुदूरपश्चिम लगायत तराईंका धेरै जिल्लामा छोटो समयमा पाक्ने जातका धान काट्ने बेला भएको छ ।राधा ४, सर्जु ५२, घैया एक र घैया दुई लगायतका छोटो समयमा पाक्ने धान हुन्।धान धेरै नै पाकेर काट्नै पर्ने अवस्था भएमा, काट्दै झार्दै गरेर सुरक्षित ठाउँमा लगेर राख्न हरिकृष्ण उप्रेतीको सुझाव छ । 

उहाँका अनुसार धान काट्ने बित्तिकै पानी नपर्ने ओभानो ठाउँमा लगेर फिँजारेर राख्नुपर्छ र पछि घाम लागेका बेला सुकाउनुपर्छ । ओभानु ठाउँमा लगेर राखेको धानलाई पनि बेला बेलामा चलाउने गर्नु पर्छ । त्यसो गर्न सकेमा नोक्सान हुन बाट जोगाउन सकिने उहाँले बताउनुभयो ।केही दिन धान नकाट्दा पनि फरक नपर्ने अवस्थामा भने धान नकाटिकनै खेतबारीमै छोड्न उहाँको सुझाव छ।फाईल तस्विर

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्