फुलपातीदेखि बन्द रहेका सरकारी कार्यालयहरू आजबाट खुले

दसैँको विदा सकिएसँगै सरकारी कार्यालयहरू आजबाट खुलेका छन्। दसैँको फुलपातीदेखि बन्द रहेका सरकारी कार्यालयहरू आजबाट खुलेका हुन्। यस्तै आजदेखि सबै बैङ्क तथा वित्तीय संस्थाहरू पनि आजबाट खुला भएका छन्।

सरकारी कार्यालय आजबाट खुलेपनि सेवाग्राही भने कमै मात्र देखिएका छन्। हाल धादिङसहित देशभर फुलपातिदेखि बैङ्कहरू बन्द थिए। यस्तै, दसैँ मनाउन गाउँघर गएकाहरू सहर भित्रिने क्रम पनि सुरु भएको छ। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्